पोखरामा दुर्घटनाग्रस्त जहाजमा सवार थिए ट्रमा सेन्टरका डाक्टर दम्पती

काठमाडौं – पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा दुई डाक्टर दम्पती पनि परेको खुलेको छ।

उक्त विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको छ। उनीहरू आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन गएका थिए।

डा श्रेष्ठको श्रीमती पनि अर्थोपेडिकको डाक्टर भए पनि उनी भने ट्रमा सेन्टरमा कार्यरत थिइन्। पोखरा स्थायी घर भएका डा श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार