ब्राजिलमा दंगा : पूर्वन्यायमन्त्री पक्राउ

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन् । संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।

हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता राजधानीमा रहेका ती भवनमा तोडफोड गरेका थिए । घटनापछि २ हजारभन्दा बढी दंगाकारीलाई नियन्त्रणमा लिइएको थियो । जैर बोल्सोनारोका अन्तिम न्याय मन्त्री एन्डरसन टोरेस संयुक्त राज्य अमेरिकाबाट ब्रासिलिया आइपुग्दा पक्राउ परेका थिए ।

यसअघि बोल्सोनारो पनि अनुसन्धानको दायरमा तानिएका थिए ।
सर्वोच्च अदालतले जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्र्वराष्ट्रपति जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार