गण्डकीको सभामुखमा माओवादीका धिताल निर्वाचित

गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् । उनले ३२ मत पाएर सभामुख चयन भएका हुन्।

धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो। कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो। उनले २६ मत प्राप्त गरिन‍्।

६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार