गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन

गण्डकी प्रदेश सभामा आज सभामुखको निर्वाचन हुने भएको छ। यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ।

प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले शुक्रबारको बैठकमा प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ। सत्ता गठबन्धनकै बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार कृष्ण धिताल सभामुख हुने लगभग निश्चित छ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ। गण्डकी प्रदेशमा शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत पाएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार