सिँधुवा बजारमा भीषण आगलागी, पाँच घर नष्ट

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर नष्ट भएका छन् । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चोक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए ।

स्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेका हुन् भने आगो नियन्त्रण लिन स्थानीय सन्तोष राइको घर भत्काइएको थियो ।

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा आगो निभाइएको खड्काले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार