मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवन– चितवनको रत्ननगरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय विश्वास महतो गम्भीर घाइते भएका छन् । महतोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको चितवन प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १२ः२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना ४२ प ४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना ४ ख ५३०१ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार