थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ४३ र एन्टीजेनबाट ७ सय ३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल मुलुकभर सक्रिय कोरोना सङ्क्रमितको संख्या २८ रहेको छ । उनीहरूको उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार