२० लाख धरौटी बुझाएर छुटे सन्दीप

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् ।उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् ।

लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार