बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-२ चारापाने घर भएका ३९ वर्षीय सागर प्रसाद सेलवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको २०७७ माघ १०१९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ३ लाख रूपैयाँ जरिवाना र १२ हजार रूपैयाँ पीडित राहत कोषमा क्षेतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार