सन्दीप लामिछाने भोलि थुनामुक्त हुने, पासपोर्ट रोक्का गर्न आदेश

क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् ।
क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् ।

त्यस्तै उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका हुन् । सन्दीपलाई विदेश जान भने रोक लगाइएको छ ।

लामिछानेलाई विदेश जान रोकेको अदालतले राज्यलाई उनको पासपोर्ट रोक्का गर्न पनि आदेश दिएको छ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर जानुपरेमा उपत्यका प्रहरी वृत्त गौशालालाई पूर्वजानकारी दिन पनि आदेशमा भनिएको छ जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सोही निवेदनमा न्यायाधीश नन्द र ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।

लामिछानेलाई भदौ २३ मा नेपाल क्रिकेट सङ्घ ९क्यान० ले कप्तानबाट निलम्बन गरेको थियो । सन्दीपविरुद्ध एक किशोरीले गत भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक(पटक बलात्कार गरेको आरोप छ ।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार