लुम्बिनी प्रदेश सरकारको पहिलो निर्णय : मन्त्रालयको संख्या घटाउने

दाङ — लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको पहिलो बैठकले एक मन्त्रालय घटाएर १२ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो । बिहीबार नै मुख्यमन्त्री र दुई मन्त्रीले शपथ लिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ग्रामीण, सहरी विकास तथा खानेपानी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय रहने भएका छन् ।

यस्तै शिक्षा, विज्ञान, युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सट्टा सामाजिक विकास मन्त्रालय कायम गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार