बालेनको तबला फुटेछ, मैले नफुट्ने दिएको छु : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई नफुट्ने तबला उपहार दिएको बताएका छन् । मेयरमा जितेपछि ओलीले बालेनलाई तबला उपहार दिएका थिए ।त्यस बेला र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई पत्रकारले ‘र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको ? भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाए ।

‘मलाई के जानकारी थियो भने, बालेन शाह अर्थात बालेन्द्र शाह काठमाडौंका गएको स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख, उहाँ तबला बजाउने गर्नुहुन्छ,’ ओलीले भने, ‘तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो । उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’

अन्त्यमा उनले आफूले किन तबला दिएको भन्ने थाहा नभए पनि दिन मन लागेर दिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार