सिद्धार्थ इन्स्युरेन्सको ९.४७ लाभांश वितरण

सिद्धार्थ इन्स्युरेन्सले ९.४७ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको करसहितको लाभांश कम्पनीले बाँड्नेछ ।

गत आवको वित्तीय विवरण स्वीकृतिका लागी नेपाल बिमा प्राधिकरणमा पेस गर्ने र सो सममितिको निर्देशनबमोजिम कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयर दिने र कर प्रयोजनका लागि भने नगद पनि कम्पनीले दिन लागेको हो ।

अब आगामी साधारणसभाबाट स्वीकृति पछि लगानीकर्तालाई वितरण गर्नेछ । गत वर्ष यस कम्पनीले १५५ बोनस र कर प्रयोजनका लागि ०।७९५ नगद लाभांश वितरण गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार