देउवाको दूतको रुपमा खुमलटार पुगेका प्रकाशमान निराश, प्रधानमन्त्रीमा प्रचण्डको अडान कायमै

'पहिलो कार्यकाल प्रधानमन्त्री नपाए विकल्प खोज्ने प्रचण्डको चेतावनी'

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। प्रचण्डले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायम राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेता सिंहलाई दूतको रूपमा खुमलटार पठाएका हुन्।

नेता सिंहले सहमति गरेर दोस्रो कार्यकाल प्रधानमन्त्री पद सम्हाल्न गरेको प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेका छन्। प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री नपाए विकल्प खोज्ने जवाफ दिएको स्रोतले बताएको छ ।

सभापति देउवालाई प्रधानमन्त्री दिन कांग्रेस नेताहरूले लबिइङ गरिरहेका छन्। तर, प्रचण्डले पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार