छक्का पञ्जा-४ काे रिलिज मिति ताेकियाे

काठमाडौँ– छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए ।

चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ । ‘चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ’, उनले भने । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

‘वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ’, कार्यकारी निर्माता शर्माले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार