बागलुङमा सुनका गरगहना चोरी गरेको आरोपमा दुईजना पक्राउ

बागलुङमा सुनका गरगहना चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले तमानखोला गाँउपालिका ३ का ३० वर्षिय पुर्ण बहादुर तोम्ता र निसिखोला १ का १९ वर्षिय चुमान पुनलाई सुनका गरगहना चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

तोम्ताले तमानखोला ४ की ८६ वर्षिया ख्रमती छन्त्यालले घाँटीमा लगाएको ३ तोला ९ लालको सुनको सिक्री खोसी लुटी फरार रहेका थिए ।

यस्तै पुनले निसिखोला १ मा मा चोरीजुना रानाले काठको बाकसमा राखेको २ तोला ९७ लालको सुनको सिक्रि चोरी गरी फरार रहेका उनलाई प्रहरी पक्राउ गरेको हो ।

उनीहरु दुवै जनालाई चोरी सम्बन्धी मुद्धा दर्ता गरिएको छ । दुवै जनालाई ७ दिन पुर्पक्षमा राख्नको लागि जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार