बागलुङको बिहुँकोटमा धार्मिक महोत्सव हुँदै

बागलुङ – काँठेखोला गाउँ वडा ५ मा रहेको पबित्र धार्मिक तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिर (बिहुँ रामकोट)मा धार्मिक महोत्सव हुने भएको छ । बिहुँकोट अन्तराष्ट्रिय समाजको आयोजनमा हुने महोत्सव मंसिर २२गते देखि २८गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवका समयोजक एवं अन्तराष्ट्रिय बिहुँकोट समाजका अध्यक्ष देबिलाल सुवेदीका अनुसार धार्मिक महेत्सव फरक प्रकृतिको रहने देश भरबाट पनि बौद्धिक तथा साधुसंन्तहरुको उल्लेखिय मात्र मा उपस्थिरहने छ ।

बह्मलिन स्वामि श्री १००८परमानन्द सरस्वति महराजले स्थापाना गरेको यो पबित्र तिर्थस्थल मा स्वामिकै पाला देखिनै परमानन्द संस्कृत पाठशाल संचालन मा रहेता पनि ससस्त्र द्वोन्धकाल मा संसस्कृत पाठशाला संचालन गर्न नसक्ने अवस्था आएपछि पुन संचालानार्थ महोत्सव आयोजना गरिएको र यस्को परिकल्पनाकार पनि बिहुँकोट अन्तराष्ट्रिय समाज रहेको सुवेदिले जानकारी दिए ।

बाग्लुङको सदमुकाम बाट २० किमि पश्चिममा रहेको यस पवित्र धार्मिक तिर्थस्थल प्रचारप्रसार को अभाव मा ओझेल मा रहेको छ।गण्डकि प्रदेशकै सबै भन्दा ठुला शिवलिङ्ग स्थापित यो मन्दिर अहिले सम्म पनि त्यति प्रचार प्रसार नआउनु दुर्भाग्य रहेको स्थानियहरु बताउँछन्।

यस मन्दिरमा दैनिक जसो बैदिक बिधिद्वारा पुजाअर्चना हुन्छ भने साउन महिनाको सोमबार र बालाचतुर्दशिमा सतबिज छर्ने गरिन्छ । भने जेष्ठ महिनाको ११ गते बार्षिकोत्सव तथा रथयात्रा को महामेला लाग्ने गर्दछ । बाग्लुङ जिल्ला का बिभिन्न स्थान र म्याग्दि, पर्वत, चितनव, गुल्मीलगायतका स्थानहरुबाट यहाँ श्रदालुभक्तालुहरु आउने आश्रम सञ्चालक समितिका उपाध्यक्ष गैरिशंकर शर्मा सुवेदी कंडेलले बताए ।

बिहुँकोट धार्मिक महोत्सव २०७९ आयोजना गर्ने पुर्व संन्ध्यामा आयोजित बृहत भेलाले ३६वटा उपसमिति गठन गरिएको महासचिव हरिप्रसाद कडेलले जानकारी दिउ। उनले ३६वटै विभाग गठन गरि जिम्बेवारी दिईएको र सोही अनुरुप महोत्सवसम्म आफ्नो जिम्वेवारी वहन गर्न सबैलाई आग्रह समेत गरेका छन्।

महोत्सवमा यस क्षेत्रको संस्कृति झल्कने झाँकिहरु हेलिकप्टरबाट पुष्पबृष्टिसँगै बिभिन्न क्षेत्रको दृश्यावलोकन ,बैद्धिक विधिद्वारा पुजा अर्चना ,देवलिला, बौद्धिक एवं मासन्तमाहात्माहरु बाट धार्मिक प्रवचन ,प्रतियोतात्मक राष्ट्रिय कवितावाचन, प्रतियेगिता ,पन्चेबाजा प्रतियोगिता ,राष्ट्रिय कलाकारहरुबाट भजन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको महासचिव कंडेलले जानकारी दिए ।

सो समरोहमा आशिर्बचन बोल्दै राष्ट्रिय सन्त समाजका अध्यक्ष एवं श्री हरिहरसंन्यास आश्रमका पिठाधिश्वर श्री १००८ ग्यानन्नद सरस्वरी महराजले धार्मिक महोत्सव एउटा ऐतिहासिक त्रिपुरेश्वर महादेव मन्दिर बिहुँकोट कै पर्यटन प्रवद्धन गर्ने र परमान्दिय गुरुकुल संस्कृत बिद्यालय संचालार्थ आयोजना गरिएकाले तनमन धन सबैले सहयोग गरि महोत्सव सफल बनाउन आग्रह गरे।

सो कार्यक्रममा गाउँपालिका वडा ५ र ६ का अध्यक्ष ग्यामनाथ कंडेल, बृहृस्पति कंडेलले पनि महोत्सव सफल पार्न सहयोग गर्ने बचन दिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार