कोरोना अपडेट : थप १०७ जनामा संक्रमण, एक जनाको मृत्यु

नेपालमा बिहीबार थप १०७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप ५२ संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल नेपालमा एक हजार जना आइशोलेशनमा र ५२ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २७ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार