कांग्रेस नेता जोशीको उपचार गर्न सरकारले १० लाख सहयोग गर्ने

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा गर्न सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मस्तिष्कघातपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान अस्पताल पुगेका थिए । उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए । जोशीलाई भेन्टिलेटरमा राखिएको छ र उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो । उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार