पहिरोमा बेपत्ता भएका बागलुङका कार्की अझै भेटिएनन्

बागलुङको ताराखेला गाउँपालिका ३ मा पहिरोमा परि बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन् । गत असार २२ गते घरमाथिबाट आएको लेदोसहितको पहिरोमा परी बेपत्ता भएका १८ वर्षीय राजेन्द्र कार्की अझै भेटिएका छैनन् ।

बाख्राको खोर जोगाउन खोज्दा कार्की पहिरोमा परि बेपत्ता भएका थिए । खोजीकार्य जारी रहे पनि उनको अवस्था पत्ता नलागेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक लक्ष्मण न्यौपानेले बताए ।

कार्कीलाई पहिराले बगाएर स्थानीय दरमखोलामा पु¥याएको हुनसक्ने प्रहरी आशङ्का छ । गलकोट नगरपालिका हुँदै बडिगाड खोलासम्म पुगेर प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको छ । पहिरामा परी घाइते भएका कार्कीका बुवा र भाइ भने पोखरामा उपचारपछि घर पर्केको प्रनानि न्यौपानेले जानकारी दिए । पहिरामा परी त्यस घरका २७ बाख्रा मरेका थिए । घरमा बस्न जोखिम भएपछि कार्की परिवार अहिले आफन्तकहाँ आश्रित छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार