बाढीले मालढुंगाको काठेखोला पुल भत्कियो

अविरल वर्षापछि आएको बाढीले बागलुङ–कुश्मीशेरा सडक खण्डको मालढुंगामा रहेको काठेखोलाको पक्कि पुल भत्किएको छ ।

काठेखोलामाथि निर्माण भएको पुलको पूर्वतर्फको भाग बाढीले बगाएपछि बागलुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध भएको बागलुङ नगरपालिका वडा नम्बर १ का वडा सदस्य सूर्य लामिछाने क्षत्रीले जानकारी दिए । मंगलबार राति पुलभन्दा केहि माथि रहेको ठूलो चट्टान खसेर खोला थुनिएपछि बाढीले पुलको छेउछाउको भाग बगाएर क्षति पु-याएको हो ।

पुल भत्किएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार