यस्तो पुरुष जसले क्यामाराकै अघि भने मैलै धेरै महिलालाई बलात्कार गरें

डिपस्लूट दक्षिण अफ्रिकाको जोहान्सबर्गको सबैभन्दा खतरनाक इलाकामध्येको एक हो । यहाँ महिलाहरु बलात्कृत हुनु साधारण कुरा हो ।दक्षिण अफ्रिकाको शहर डिपस्लूटमा बस्ने दुई युवाले आफूले अहिलेसम्म थुप्रै महिलालाई बलात्कार गरिसकेको बताएका छन् । क्यामराको अघिल्तिर यस्तो बताइराख्दा उनीहरुको अनुहारको भावमा रत्तिभर पनि परिवर्तन आएन ।बलात्कार गर्नु गलत हो भन्ने कुरा आफूलाई थाहा नभएको उनीहरुको दाबी छ । उनीहरुले कहिले पनि ती बलात्कृत महिलाको ठाउँमा बसेर उनीहरुको पीडा बुझ्ने कोसिस पनि नगरेको बताए ।उनीहरु आफ्नो अनुहार क्यामरामा देखाउन तयार थिए तर आफ्नो नाम भने गोप्य राख्न माग गरे । उनीहरुले निकै आरामपूर्वक आफ्ना कहानी हामीमाझ पस्किए ।

Related posts

Leave a Comment