यसकारण वाइड बडी विमान खरिदमा ठूलै आर्थिक चलखेल भएको आशंका

स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ।तर त्यसको खरिद प्रक्रियाले भने यसमा ठूलै चलखेल भएको आशंका पैदा गर्दछ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो कारोबार भने भन्दा फरक देखिएको छ।

प्रस्तावबाटै कानुन उल्लंघन
नेपाल एयरलाइन्सले तत्काल जहाज आवश्यक ठान्यो। नयाँ किन्दा समय बढी लाग्ने तर्क राखियो। उपाय फुराइयो९ सेकेन्ड ह्यान्ड लिने, तुरुन्त पाइन्छ।त्यसैले प्रस्ताव आह्वान ९आरएफपी० मा लेखियो– ‘प्रस्तावित जहाजको उमेर हजार घण्टाभन्दा बढी नउडेको र जनवरी २०१४ भन्दा अघि नबनेको होस्।’नोभेम्बर ९ सम्मको म्याद दिएर २६ सेप्टेम्बर २०१६ मा आरएफपी जारी गरिएको थियो।सेप्टेम्बर २०१७ र मार्च २०१८ मा एउटारएउटा जहाज बुझाउनुपर्ने त्यसमा सर्त राखियो।

अर्काले उडाइसकेको जहाज किन्न किन १६ महिनासम्मको भाका राखियो भन्नेमै खोटी नियत थियो’, एयरलाइन्स बोर्डकै एक सदस्यले भने, ‘हामीले त्यति अवधिमा त नयाँ किन्न सकिन्छ भन्दा बोल्नै दिएनन्।’महालेखाको २०७४र७५ को प्रतिवेदनको पृष्ठ ४८ बुँदा १४२ मा भनिएको छ, ‘एयरबस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफपी जारी गर्नु र त्यसपछि तीन, चारवटा दलालहरु खडा गरी खरिद प्रक्रिया अगाडि बढाउनु कानुनविपरीत हो। यो सार्वजनिक खरिद ऐन विपरीत हो।’

भारबहन क्षमता ढाँटियो
एएआरले म्याक्सिमम टेक अफ वेट ९एमटीओडब्लु० अर्थात् अधिकतम उडान भार २ लाख ४२ हजार केजी हुने प्रस्तावमा हालेको थियो। हाई फ्लाई एक्स आयरल्यान्डसँग खरिद सम्झौता गर्दा २ लाख ३० हजार केजी राखियो ।

एमटीओडब्लु विमान उडाउँदाको अधिकतम भारवहन क्षमता हो। एमटीओडब्लु घट्नु जहाजको मूल्य र त्यसको कमाइ दुवै घट्नु हो।एयरलाइन्स व्यवस्थापनले भने एमटीओडब्लु घटी हुनुलाई ‘झन् राम्रो’ भन्ने गरेको पाइएको छ। तर, त्यस्तो होइन ।प्रस्तावकमध्ये केजेटी इन्भेस्टमेन्टले २ लाख ३३ हजार केजी एमटीओडब्लु राखेको थियो । यसलाई बढाउने हो भने ३ लाख ५० हजार अमेरिकी डलर थप्नुपर्ने उल्लेख गरेको थियो।यसले प्रस्ट्याउँछ९ १२ हजार एमटीओडब्लु घटाउँदा ठूलो मात्रामा आर्थिक चलखेल भएको छ।

निगम प्राविधिकहरूका अनुसार प्रतिउडान १२ हजार किलो जहाजको भारवहन क्षमता कम हुँदा वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी घाटा पुग्छ।एउटा जहाज सामान्यतया ३० वर्षभन्दा बढी उडाइन्छ। त्यस अवधिमा ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सान पुग्छ।

एयरलाइन्स भन्छ प्रक्रिया सही छ
नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले वाइडबडी किन्ने र आरएफपी माग्ने कार्य वायुसेवा निगमको सञ्चालक समिति बैठकबाट स्वीकृत गराएर गरेको बताए ।‘हामीले एएआर कम्पनीबाट लिने कारण खुलाएर स्वीकृत गराएका हौं। यो एएआरको हवाइ जहाज हैन, ऊ त टेण्डर हाल्ने कम्पनी मात्रै हो। जहाज बुक गराएको त हाइफ्लाईले हो।

हामीले सम्झौताअनुसार नै गरेको हो’, उनले भने, ‘निगमले पुरानो हवाइ जहाज ल्याउन लाग्यो भनेर मेराविरुद्ध लाग्ने २र३ जनाले गरेको हल्ला मात्रै हो।’उनले आफूले सम्झौताअनुसार पारदर्शी काम गरेको दाबी गरे। ‘नेपालमा कुनचाहिँ ठूला काममा आर्थिक चलखेल भयो भनेर शंका भएको छैन र ? ’, उनले भने।

Related posts

Leave a Comment