अर्कैसँग गएकी श्रीमतीलार्इ फर्काउन छोराको अपरहण

फाइल तस्बीर

कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका–६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो ।

अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलाली गाउँपालिका–६ का अध्यक्षबाट बालकको अपहरणबारे जानकारी पाएपछि प्रहरीले अपहरणकारीलाई झण्डै ९ घण्टापछि दाङको भालुवाङबाट पक्राउ गरिएको` हो ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका, लालपुर बस्ने ३० वर्षीय बृजेश चौधरी पक्राउ परेका हुन् । अपहरणकारीको फोनको लोकेशनको आधारणमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दिउँसो २ बजे अपहरणकारीको फोनको लोकेशन हेर्दा बाँकेको शमशेरगञ्जमा देखिएपछि प्रहरीले पुर्व–पश्चिम राजमार्गमा खोजतलास बढाएको थियो । उनले छोडेर गएकी श्रीमती पाउनका लागि छोराको अपहरण गरेको प्रहरीले जनाएको छ ।

आफूसँग दुई महिना बसेर पुरानै घरमा फर्किएकी श्रीमतीलाई पाउन युवकले पुरानो घरमा रहेको छोराको अपहरण गरेका थिए । प्रहरी उपरीक्षक बिनोद घिमिरे दिएको जानकारी अनुसार सोमबार बिहान ९ बजे अपरम्पार आधारभूत विद्यालय एक कक्षामा अध्ययनरत बालकलाई स्कुलबाटै अपरहण गरिएको हो ।

छेमाङकी आमा बिना चौधरी बृजेशकी पूर्वपत्नी हुन् । उनी दुई महिना बृजेशसँग बसेर पुरानै घर फर्किएकी थिइन् । ‘बिनालाई घर फर्काउन कुनै सीप नचलेपछि उनले छोरा अपहरणको प्रपञ्च रहेको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘स्कुल बाहिर बोलाएर पोशाक र झोलासहित अपहरण गरिएको छ ।’

विद्यालयले छेमाङ अपहरणमा परेको हसुलिया इलाका प्रहरी कार्यालयलाई जानकारी दिएपछि घट्ना बाहिर आएको हो । बिना बालकृष्ण चौधरीकी श्रीमती हुन् । छेमाङ उनीहरुबाट जन्मेको दोस्रो सन्तान हुन् । उनीहरुको अर्को छोरा पनि रहेको छ । बालकृष्णलाई छोडेर बिना बृजेशसँग गएकी थिइन् तर  उनका पनि घरमा श्रीमती भएकाले दुई महिनापछि फर्किएकी थिइन् । उनले पोइल गएकी श्रीमती फर्काउन अपहरण गरेका प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment