पानीमा पटके कर लगाएको भन्दै कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले आफुहरुसंग पटके कर उठाईएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।  सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्याङकरमा पटके कर लगाएको भन्दै बिरोध गरे । स्थानीय सरकारले एकाङ्की रुपमा पानीजस्तो संवेदनशिल बस्तुमा कर लागाउने काम भएको उनको भनाई छ ।

सरकारले जनताको हितमा काम गर्नुको साटो उल्टै दोहोरो कर लगाएर जनताको दैनिकीमा असहजता सिर्जना गर्ने काम गरेको भन्दै आफुहरुलाई स्वीकार्य नभएको उनले बताए । त्यस्तै कार्यक्रममा पानी ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष उपेन्द्र पाठकले दैनिक उपभोग्य तथा संवेदनशिल बस्तुहरुमा सरकारले कर लगाएर गल्ती गरेको बताए ।
संघर्ष समितिमा खानेपानी उद्यमी तथा व्यवसायी संघ, उपत्यका खानेपानी श्रोत तथा ट्यांकर व्यवसायी संघ, पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ, उपत्यका खानेपानी बोरिङ संघ, नेपाल पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ र नेपाल वोटल वाटर उद्योग संघ लगायत सहभागी छन् ।

Related posts

Leave a Comment