वडा कार्यालयका सचिव घुससहित पक्राउ

सुनसरीको एक वडा कार्यालयका सचिव घुससहित पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १० का वडा कार्यालय सचिव नायव सुब्बा बिदुर पोखरेललाइृ अख्तियारको टोलीले घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रेग्मीले होटल दर्ता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस रकम लिएको अख्तियारले विज्ञप्ति निकाली जानकारी दिएको छ ।

उनलाई घुस लिएको अवस्थामा उपहानगरको वडा नं ६ को रोज रक मम घर होटलबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

Related posts

Leave a Comment