ट्रम्पले पूर्वमोडलसँग गरेको रकमबारे छलफल गोप्य रुपमा रेकर्ड

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्ववकिल माइकल कनले आफ्ना सेवाग्राही (ट्रम्प) ले प्लेबोइ म्यागजिनकी पूर्वमोडलसँग रकमबारे छलफल गरिरहेको कुरा गोप्य रुपमा रेकर्ड गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रेकर्डहरू यो वर्षको शुरूमा संघीय अनुसन्धान निकाय एफबीआइले कनको कार्यालयमा छापा मार्दा फेला परेको बताइएको छ। उक्त रेकर्डिङमा ट्रम्प र कनले क्यारेन मक्डुगललाई रकम तिर्ने विषयमा छलफल गरिरहेका छन्, जोसँग ट्रम्पको सम्बन्ध थियो।सन् २०१६ को राष्ट्रपतीय चुनावअघि उक्त टेप रेकर्ड गरिएको बताइएको छ ।

Related posts

Leave a Comment