नेपालीको शिर झुकाउने विमानस्थलभित्रका १४ काण्ड (भिडियोसहित)

विमल खड्का, टिभी अन्नपूर्ण ।

मुलुकको एक मात्रै विमानस्थल त्रिभुवन विमानस्थलमा दैनिक रुपमा हजारौँ मानिसहरुको आवत जावत हुने गर्दछ । त्रिभूवन विमान स्थल विदेश जाने देखि बाह्य देशबाट नेपाल आउने पर्यटकहरुको दैनिक लर्को लाग्ने ठाउँ हो । बाह्य देशबाट नेपाल आउने पर्यटक होस् या नेपाली नै जब आगमन हुन्छ, त्यसपछि बिमान स्थलमा कार्यरत पुलिस कर्मचारीदेखि डिउटी अफिसरसम्मका कर्मचारीको रबैया सुरु हुन्छ ।
जो कोही पनि विमानस्थलबाट आउँछन् । उनीहरुलाई एक होइन अनेक कुराले वाक्क दिक्क बनाउँछन् । रक्सी देखि कडण्मअनि अरु कैयौं विज्ञापनका बोर्डले पर्यटकहरुलाई दिक्क बनाउँने गरेको छ ।
विमानस्थल बाहिर र भित्रका होडिङ बोर्ड पहाडभन्दा कम छैनन् । विमानस्थलबाटै सिधैं अरु दृश्यभन्दा यिनै कृत्रिम बोर्डमा पर्यटकहरुका आँखा ठोकिन्छन् । एयरपोर्टबाटै प्राकृतिक दृश्य देख्नबाट मानिसहरुलाई बन्चित गरिएको छ । यस अघि जेष्ठ ३ गते पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले विमानस्थलमा भएको विभिन्न विज्ञापनका होडिङ बोर्ड हटाउने निर्देशन दिएपनि पालना भएको छैन ।
मन्त्रीले दिएको १२ बुँदे निर्देशनमध्ये ६ नम्बर बुँदामा आगमनकक्षमा विज्ञापन हटाउनु पर्ने उल्लेख छ । तर, व्यापारी सुवास श्रेष्ठले एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवक्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा राखेको कान्तिपुर व्याफे तथा बाहिरका विज्ञापनको बोर्ड अझै हटाइएको छैन ।
विज्ञापनदातासँग सम्झौता भएकाले त्यसलाई फेरी हटाउँदा समय लाग्ने भएकाले मन्त्रीले भनेकै अनुसार काम नहुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको भनाई छ ।
विमानस्थलमा भएका विज्ञापनका बोर्डहरुमा यस अघि नै राजश्व लिएकाले फिर्ता गर्ने प्रकिृयामा गएको क्षेत्रीको भनाइ रहेको छ । विमानस्थलमा अबका दिनमा कुनै पनि विज्ञापन नराखी नेपाली मैलिकता झल्काउने खाल्का विज्ञापन राख्ने उनी बताउँछन् ।
यता, विज्ञापन नहट्नुका पछाडी एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुर, महाप्रबन्धक राजकुमार क्षेत्री र डिउटी अफिसर सुनिता भारद्धाजले व्यापारीसँग मिलेमतो रहेको बुझिएको छ । उनीहरुको आड र बलमा व्यापारी सुवास श्रेष्ठले विमानस्थल भित्र नियम विपरीत विज्ञापन गरिरहेका छन् ।
यात्रुहरुलाई हिड्नै अप्ठेरो हुने गरी श्रेष्ठले विमानस्थलभित्र सम्झौता विपरीत यसरी गैरकानुनी रुपमा बोर्ड राखेर विज्ञापन गर्दा समेत उनी माथि कुनै कार्वाही हुनन सक्नु विडम्बनाको बिषय बनेको छ ।
विमानस्थलका महाप्रबन्धक क्षेत्री,प्रवक्ता ठाकुर र डिउटी अफिसर भारद्धाजको मिलेमतोमा श्रेष्ठले विमानस्थल भित्र विभिन्न कम्पनीको विज्ञापनको बोर्ड राखेर कमाउँदै आएको स्रोतले बतायो ।
श्रेष्ठले विमानस्थलसँग प्रति स्क्वायर मिटर दुई हजार पाँच सय रुपैयाँमा सम्झौता गरी विज्ञापन गर्ने कम्पनीहरुसँग भने स्क्वायर फिटकै दुई हजार पाँच सय असुलेर लुट धन्दा मच्चाउँदै आएका छन् । त्यस वापत उनले क्षेत्री ठाकुर र भारद्धाजलाई मोटो कमिसन दिएका कारण विमानस्थलका बाहिरदेखि भित्रसम्मका बोर्ड हट्न नसकेको एक कर्मचारीले बताए ।
विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफे बाहिर पार्किङमा राखिएका विज्ञापनका बोर्ड हटाउनु भनी तत्कालीन महाप्रबन्धक देवानन्द उपाध्यायले २०७४ बैशाखमापत्र काटेर निर्देशनदिएकाथिए । तर, तीबोर्डहरु अहिलेसम्म पनि हटाइएको छैन । कतिसम्म भने कान्तिपुर क्याफेमा रहेको स्टोरबाटै सुनको कारोबार हुने गरेको पनि बेला बेला चर्चामा आउने गरेको छ ।
विमानस्थल टर्मिनल भित्र यात्रु प्रस्थान तर्फको स्टेराइल कक्षमा सञ्चालन भइरहेको कफी सपबाट सम्झौता विपरीतका सामानहरु बिक्री वितरण भइरहेका छन् । क्षेत्री र ठाकुर र भारद्धाजको ध्यान त्यतातिर पुग्न नसक्नु पनि कमिसनकै खेल रहेको बुझ्न सकिन्छ ।
त्यहाँको व्यापारबाट संकलन हुने विदेशी मुद्रा जहाजमार्फत सिधै दुबई, कतार लगायतका खाडी मुलुकमा पठाउने र सोही मुद्राबाट सुन खरिद गरिदै आएको पनि स्रोतको दावी छ ।
विमानबाट आउने फोहोर व्यवस्थापनको समेत जिम्मेवारी लिएका श्रेष्ठले फोहोरमै राखेर सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको गेटमार्फत सुन पास गराउने गरेको सूचनासमेत गृह मन्त्रालयको विशेष अनुसन्धान टोलीले पत्ता लगाईसकेको बताइन्छ ।

टिभी अन्नपूर्णमार्फत प्रकाशित / प्रसारित यी १४ समाचार हेर्नुभयो भने तपाईलाई त्रिभुवन विमानस्थलका कर्मचारीले कति सम्म गर्न सक्छन भन्ने थाहा लाग्नेछ :

लिंकमा गएर हेर्नुुहोस यी १४ समाचार

# विमानस्थलभित्रका ट्याक्सीको ठगी, चालक भन्छन यात्रु ठगेको कमिशन प्रधानमन्त्रीलाई समेत बुझाउनुपर्छ

 

  १. मन्त्रीलाई त यसरी ठग्न खोजियो त्रिभुवन विमानस्थलभित्र अन्य सर्र्वसाधरणको अवस्था के होला ?

२.विमानस्थलमै कार्यरत नागरिक उडड्यन प्राधिकरणका सचिव सुन तस्करीमा रंगेहात समातीय

३. विमानस्थलभित्रका कर्मचारीको लुटको धन्दा, दिनदहाडै कर्मचारीले लुट्छन लाहुरेका सुटकेश

 

४. देशको बेईज्यात मरेको चरा हटाउन नसकेकाले अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टा बन्द

५ विमानस्थल हुदै हुने हरेक तस्करीमा विमानस्थलमा कार्यरत प्रहरीको मिलेमतो

 

६. विमानस्थलमा भित्रैका कर्मचारी र भिआईपीबाट तस्करी हुने गरेको सुचनापछि प्रहरी चनाखो बन्दै

७.नेपालको विमानस्थलभित्रै प्रहरी र कर्मचारीले तस्करीको सुन लुकाउने अड्डा भेटियो

 

 

८.विमानस्थल भन्सारका कर्मचारी ५० हजार घुससहित पक्राउ

 

९.मन्त्रीले भष्ट्रचारीलाई भ-याङ बनाईदिए,विमानस्थल रनवेको पिच टालटुल गर्न साढे आठ करोड

 १०.बागमती अञ्चलमा दर्ता गर्न तथा सञ्चालनमा प्रतिबन्ध लगाएको ट्रयाक्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सञ्चालन 

 

११ .एकै दिनमा ३ पटक बन्द भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टालटुले काम गरेर कमिशन निकाल्ने चक्करले यात्रुलाई विमानस्थल जोखिमपूर्ण बन्दै

 

१२. कर्मचारीकै मिलेमतोमा सुन तस्करी, क्यामेरामा कैद भिडियो सार्वजनिक गरे आत्महत्या गर्ने कर्मचारीको धम्की

 

१३.त्रिभुवन विमानस्थलभित्रका पसलमा ४०० प्रतिशत नाफा लिएर ठगी, बिमानस्थलका प्रमुख र नागरिक उडड्यन प्राधिकरणका प्रमुख र मन्त्रीलाई कमिशन

 

 

 

Related posts

Leave a Comment