माटो फाल्ने क्रममा चालकसहित टिपर बेपत्ता

सिन्धुपाल्चोक

बलेफी खोला ए जलविद्युत आयोजना सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता भएको छ । बुधबार दिउँसो बा ४ ख ९५८० नम्बरको टिपर जुगल गाउँपालिका–२ गोल्फेमा पर्ने ब्रम्हायणी नदीमा खसेर बेपत्ता भएको हो ।

सुरुङको माटो लोड गरेर बाहिर फाल्ने क्रममा टिपर नदीमा खसेको हो । टिपरसँगै चालक जुगल गाउँपालिका–३ का ३५ वर्षीय चाङ लामा बेपत्ता भएको आयोजनाका कर्मचारी चेतनाथ नेपालले जानकारी दिए ।

Related posts

Leave a Comment