यस्तो छ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भाइटीका लगाउने कार्यक्रम

शुक्रवार यमपञ्चकको अन्तिम दिन अर्थात भाइटिका । दिदी बहिनीले दाजुभाईलाई टिका र फूलमाला लगाई दिने दिन । धेरै जसो नेपालीहरु तिहार मनाउन आफुलाई पाइक पर्ने ठाउँमा पुगिसकेका छन् । कोही दिदी बहिनीको घर त कोही दाजूभाईको घर । हिन्दु नेपालीकोहरुको दोस्रो ठुला पर्व तिहार भिभिआइपीहरुले कसरी मनाउदै छन् त ?

राष्ट्रपतिको तिहार शितल निवासमै
राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्ष काठमाडौंमै भाइटीका लगाउने कार्यक्रम रहेको छ। राष्ट्रपति निवास शीतल निवासमै राष्ट्रपति भण्डारीले भाइटीका लगाउने छन्। आफ्ना कान्छा भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भण्डारीले भाइटीका लगाउने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए। कान्छी बहिनी शुसिला पाण्डे पनि काठमाडौंमै रहेकाले दुई दिदीबहिनीले भाइ डेगेन्द्रलाईसँगै भाइटीका लगाउने राष्ट्रपति भण्डारीको कार्यक्रम रहेको छ। दुई भाइहरू अमेरिकामा राष्ट्रपति भण्डारी जेठी दिदी हुन्। उनका तीन भाइ र एक बहिनी छन्। दुई भाइहरू अमेरिकामा बस्दै आएका छन्। अमेरिका बस्ने भएकाले यसवर्ष पनि उनीहरू दिदीको हातबाट टीका लगाउन पाउनेछैनन्।

प्रधानमन्त्रीको टिका बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष बालुवाटारमै भाइटीका लगाउने भएका छन्। भाइटीकाका लागि उनका दुई बहिनी बालुवटार आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई टीका लगाइदिन चितवनबाट जेठी बहिनी विष्णुमाया ढकाल र काँकडभिट्टाबाट माहिली बहिनी कौशिला ओली बिहीबार बालुवाटार आइपुगेका छन् । गत साता स्वास्थ्यमा गडबडी भएपछि प्रधानमन्त्री बालुवाटारमा आराम गरेर बसिरहेका छन्।

Related posts

Leave a Comment