ठमेलको ओनेक्स क्लबमा प्रहरीद्वारा छापा, सञ्चालक सहित २३ किशोरी नियन्त्रणमा

ठमेलको ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राति छापा मारी प्रहरीले १८ वर्ष मुनिका २३ किशोरी र एक किशोरलाई नियन्त्रणमा लिएको हो।साथै प्रहरीले क्लब सञ्चालक काभ्रेको रोशी गाउँपालिका–१ घर भई हाल सुन्धारा बस्ने गरेका वर्ष ३३ का सत्यमान दोङलाई पनि नियन्त्रणमा लिएको छ।१८ वर्ष मुनिका केटाकेटीहरूको अनधिकृत रूपमा प्रवेश गराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारबमार्गबाट खटिएको प्रहरी टोलीले उक्त क्लबमा छापा मारेको थियो।त्यस क्रममा पक्राउ परेका २३ किशोरी र एक किशोर गरी २४ जनालाई अहिले प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts

Leave a Comment