फिल्म टिनेज शुक्रबारदेखि हलहरुमा

शुक्रबार (आज)बाट प्रदर्शनमा आएको चलचित्र टिनएज पूर्ण प्रेम कथामा आधारित छ । हेलेन पाख्रिनको प्रस्तुतिमा तयार पारिएको यो चलचित्र युवापुस्ताको फेसनेवल प्रेम, रोमान्स एवं प्रेममा आउने उतारचढावमा आधारित छ ।

यो चलचित्रको निर्माण गत वर्ष नै भएको थियो भने चलचित्रको एउटा गीत र पोस्टर अघिल्लो वर्षनै सार्वजनिक गरिएको थियो । चलचित्रको कथा वसन्तजंग रायमाझीले लेखेका हुन् भने स्क्रिप्ट तथा संवाद सुमन उप्रेतीको छ ।

चलचित्र टिनएजका अधिकांश भाग काठमाडौं तथा आसपासका क्षेत्रमा खिचिएको हो । यो चलचित्र निर्माणमा ५० लाखको हाराहारीमा खर्च गरिएको बताइन्छ ।

Related posts

Leave a Comment