आडम्बर र प्रतिष्प्रर्धाले आत्मियता र अपनत्व गुमेको तीज (भिडियोसहित)

तुल्सी अर्याल ,टिभी अन्नपूर्ण

हिन्दु महिलाहरुको ठूलो पर्व तीज सुरु हुन एक महिना अघि देखि दरको नाममा भोज पार्टीहरु चल्दैं छन ।
परम्परागत रुपमा दिदीबहिनी भेट्ने र दुःख बेदना पोख्ने यो पर्व शहरमा गएका दश बर्ष देखी भड्किलो बन्दैछ ।
तीजको अघिल्लो दिन चेलीहरु माईतीमा पुगेर दर खाने यो परम्परा शहरमा संघ, संस्था र समुहमा सामुहिक भोज गर्ने पर्वका रुपमा फेरिदैं छ ।

शहरमा बसोबास गर्नेको संख्या बढेका र मानिस फुर्सदिलो बन्दै जादाँ दरका परिकार र प्रचलनमा पनि धेरै फेर बदल देखिएको बानेश्वरकी सावित्रा कतिलाको अनुभव छ ।

पछिल्लो समय तीज पर्वमा बढी विकृति भित्रिएको छ । एक आपसमा खुशी साट्नुको साट््टो गरगहना प्रदर्शन बढी हुनेगरेको छ । एकै परिवारका दिदी बहिनिमा समेत पहिरन र गरगहनाको प्रतिष्पर्धा देखिनु तीजको बिकृत रुपमा भएको डा. गोविन्द टण्डनको ठम्याई छ ।
दिदिबहिनी जम्मा भएर दर खाने र दुःख वेदना बिसाउने तीजमा खानपान र पोशाकमा मात्रै होईन गितसंगितमा पनि बिकृती देखिएको छ ।
आजकल दुःखवेदनाका गीतहरुभन्दा बढी अश्लिल रत्यौली प्रकारका गीतका कारण परिवार बसेर सुन्न समेत गाह«ो हुने बालाजुकी संगित बस्याल सुनाउछिन् । पहिले पहिलेका तीज गीतहरुमा महिलाहरुले घरमा भोगेका पीडा, आफ्नो इच्छाहरुलाई तीजगीतको भाकामा साथीहरुसँग ब्यक्त गर्ने र धार्मिक भावना भएका गीतहरु गाउने चलन थियो ।

हिजोआज शहरी क्षेत्रमा तीज आउनु भन्दा धेरै अगाडिदेखि दरको नाममा होटल र पार्टी प्यालेसहरूमा रेडिमेट खानेकुरा खाने प्रचलन बढेको छ । पहिलेपहिलेका दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो। गीतहरुमा पनि आमाको दरको महिमा गरिन्थो तर, अहिले व्यापारिक दर भएको छ। होटल, पार्टी प्यालेसका साहुहरुले दर पकाउँछन्, प्लेटको हिसाबमा हुन्छ, जुन स्वस्थकर छैन, जसमा प्रेम हुँदैन अनि नेपाली मौलिक परिकार पनि पाइदैन। यस्तैमा आजकालको तीज रमेको छ । जहाँ परम्परागत आत्मीयताको झल्को र भान हुँदैन । कपडादेखि, गहना र गिफ्ट लिने दिनको प्रतिस्पर्धा मात्र हुन्छ ।

न्यू रोडमा हेरिटेज सुन चाँदी पसल सङ्चालन गर्दै आएका सुसिलराज भण्डारीले गत बर्षदेखि महिलाहरुमा एकाएक सचेतना जागेको बताए । उनले भने “पहिला तीज भनेपछि महिलाहरुले आधुनिक डिजाईनका गरगहना गला भरी छपक्कै लगाउने गर्दथे भने गतबर्ष देखि हल्क कम मुल्यका चन्द्रमा, छड्के तिलहरी, जन्तर लगायतका गहनाहरु लगाउने गर्दछन । ” नेपाली मौलिक गरगहनामा नेपाली चेलीहरु विस्तारै फर्किदै गरेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको तर्क छ ।

बानेश्वर क्याट्रीङ तथा पार्टी प्यालेस व्यवसायी संघका अध्यक्ष चन्द सेखर रााणाले विभिन्न महङगा होटलहरुमा दर खाने गरेका धेरै महिलाहरु गतबर्ष देखि पार्टी प्यालेसमा तीन सयदेखि पाँच सयको संख्यामा समूहमा आउन थालेको बताए । उनले दुई बर्ष अघि टिकटमा दर खुवाउने एक सय जनाभन्दा बढीको समुहहरु आउने गरेपनि पछिल्लो क्रममा ५-६ जना टोली, महिलाहरु दर खानआउने गरेको बताए । उनले भने “पहिला मटन सहित मदिरा सेवन गर्नेले पछिल्लो एक बर्ष देखि चिकेन त कोहिले सादा खानाखाने गरेको बताउछन् ।

 

 

Related posts

Leave a Comment