टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हट्यो

टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल बिहीबारबाट हटाइएको छ ।राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीले दुई वर्षदेखि जारी संकटकाल हटाइएको घोषणा गरेको हो।‘देशको प्रजातान्त्रिक वातावरण वा संवैधानिक अधिकारका न्यूनतम मान्यता तथा देशका नागरिकका स्वतन्त्रतामाथि हस्तक्षेप गर्न हिंसाको साहरा लिने देखिएपछि राज्य संकटकाल लगाइएको थियो,’ एनादोलुले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ।दुई सय ९० जनाको मृत्यु र एक हजार चार सय मानिस घाइते हुने गरी भएको असफल ‘कू’ पछि सन् २०१६ को जुलाई २० मा टर्कीमा संकटकाल घोषणा गरिएको थियो।त्यसबेला टर्कीमा दुई प्रमुख सहरमा ट्यांकहरु कुदाइएका थिए भने ‘कू’ मा संलग्न सेनाहरुले इस्तानबुलमा रहेको प्रख्यात बोसफोरस पुलमा अवरोध सिर्जना गरेका थिए । अंकारास्थित संसद भवनमा बम पड्काइएको थियो । सरकारविरुद्ध ‘कू’ मा संलग्न पाइलटले हेलिकप्टर चोरेका थिए, जसलाई एफ–१६ जेटबाट प्रहार गरेर झारिएको थियो।

Related posts

Leave a Comment