एउटै वडाका २ कार्यालय

सेवा प्रवाहमा भौगलिक कठिनाइ भएपछि तनहुँको भानु नगरपालिका ५ को वडा समितिले दुईवटा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उच्च भेगका लागि गरमभञ्ज्याङ र बेंसीका लागि सेपा बगैंचामा कार्यालय राखिएको वडाध्यक्ष प्रकाश मल्लले बताए । उनले भने, ‘जोर र बिजोर बारमा मिलाएर दुवै कार्यालयमा जनप्रतिनिधि र कर्मचारी उपस्थित भएर सेवा दिनेछन् ।

गरमभञ्ज्याङमा भाडाको घरमा कार्यालय छ भने सेपा बगैंचामा सरकारी भवनमै कार्यलय सञ्चालनमा छ । स्थानीय तह पुनर्संरचनासँगै वसन्तुपर, मिर्लुङ, रिस्ती, सतिस्वारा, तनहुासुर, चोकचिसापानी, पुर्कोट र रूपाकोट गाविस पनि गाँभिएपनि एकै स्थानबाट सेवा प्रवाह गर्दा सेवाग्राही समस्यामा परेका थिए ।

Related posts

Leave a Comment