१४३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी

स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो ।मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषद्मा पुगेको छ । दरबन्दी नभए पनि स्थानीय तहमा स्वास्थ्य क्षेत्रको काम–कारबाहीबारे जानकारी गराउन प्रत्येक स्थानीय तहमा हाल एकदेखि तीनजनासम्म स्वास्थ्यकर्मी काजमा कार्यरत छन् ।

Related posts

Leave a Comment