सन्नीको बायोपिक विवादमा, प्रदर्शनमा रोक लगाउने चेतावनी

बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिकको नाम ‘करणजीत कौर एन अनटोल्ड स्टोरी’ विवादमा परेको छ। सिनेमाको नामलाई लिएर सिख समुदायले आपत्ति जनाएका हुन्। सिखहरुको संगठन शिरोमणि गरुद्वारका प्रबन्धक कमिटीका प्रवक्ता सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रदर्शन हुन नदिने बताएका छन्।

यो नामले सिख सम्प्रदायको अपमान गरेको उनीहरुको भनाइ छ। सन्नीले धर्म परिवर्तन गरिसकेकाले कौर थर उनले प्रयोग गर्न नपाउने उनीहरुको तर्क छ। वयस्क फिल्मकी नायिकाको बायोपिकमा कौर थर प्रयोग हुँदा सिख समुदायलाई ठेस पुग्ने उनको बुझाइ छ।

यसबारेमा सन्नीले भने कुनै प्रतिक्रिया दिएकी छैनन्। बायोपिकको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो। यसमा सन्नीले आफ्नो भूमिका आफै निभाएकी छन्।
यसमा सन्नीका सेक्स सिनहरु कति समावेश गरिएको छ भन्ने बारे ट्रेलरबाट खुलेको छैन।

Related posts

Leave a Comment