सोल्टी र मितिनी थप एक दिन स्वदेशमै बस्न पाउँने

नेपालले चीन पठाउँन लागेको दुई गैडा एक दिन थप स्वदेशमै बस्न पाउँने भएका छन् । चीन पठाउँन लागिएका सोल्टी र मितिनीलाई बुधबार नै काठमाडौं ल्याइसकिएको छ भने बिहीवार आज चीन लैजाने तयारी थियो ।
चीनको ग्वाङझाओमा ठूलो आँधी आएकाले चिनियाँ जहाज आउन नसकेपछि एक दिन थप नेपालमै रोकिएका छन् ।
तर चिनियाँ जहाज नआएपछि शुक्रबार साँझ ७ बजे गैंडा हस्तान्तरण कार्यक्रम राखिएको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं ल्याएको गैंडालाई नेपाल प्रकृति संरक्षण कोषमा राखिएको छ । चीनले यसअघि पनि नेपालबाट दुईवटा गैंडा उपहारमा लगिसकेको छ । यसअघि भद्र र रुपसी नामको गैंडा उपहार लगेको चीनले यसपटक सोल्टी र मितिनी नामको गैंडा लैजान लागेको हो ।

Related posts

Leave a Comment