स्मार्ट लाइसेन्सनै नक्कली

दुई वर्षदेखि सुरु गरिएको स्मार्ट लाइसेन्स नक्कली भेटिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जाँचमा कडाइ गरेको छ । चालकहरूले नक्कली स्मार्ट कार्ड लिएर हिँड्ने गरेकाले जाँचमा कडाए गरेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताए ।उनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मुंगलिन–कोत्रे सडकखण्डमा दिनहुँ चेकिङ भइरहेको छ । ‘स्मार्ट कार्ड पनि नक्कली किनबेच हुने सूचना आयो, त्यसैले हामीले राजमार्गमा कडाइ ग(यौँ’ उनले भने, ‘नभन्दै नक्कली स्मार्ट कार्ड फेला पा(यौँ ।’ लाइसेन्स निकाल्न धेरै समय लाग्नुका साथै झन्झटिलो भएकाले बिचौलीयामार्फत सर्वसाधारणहरूले नक्कली लाइसेन्स लिने गरेको पाइएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता तथा सूचना अधिकारी तुलसीराम अर्यालले चालकले नक्कली स्मार्ट कार्ड लिएर हिँडेको भेटिएमा कारबाही गरिने बताए । ‘त्यस्ता चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन ०४९ अनुसार कारबाही हुन्छ,’ उनले भने ।

प्रहरीले ९ असार ०७५ मा सवारी जाँचका क्रममा भोर्लेटार चोकमा ना२ख ८४६० नम्बरको ट्रकका चालक किशोर लामाले नक्कली स्मार्ट कार्ड लिएको भेटेको थियो । नक्कली स्मार्ट कार्ड भेटिएपछि खैरेनी नगरपालिका–४ पर्सा बस्ने लामालाई १० असारमा तनहुँ प्रहरीले मुद्दा दर्ता गरेको थियो । ‘लामाले ०३–०५–००००२३९० नंं। को स्मार्ट कार्ड बोकेको भेटियो,’ क्षत्रीले भने, ‘वीरगन्जको स्मार्ट कार्डको नम्बर ०१–०५–०००००००१ हुनुपर्ने हो । तर, उक्त नम्बर नेपालभर कहीँबाट पनि जारी नभएको सम्बन्धित यातायात कार्यालयबाट जानकारी आएकाले नक्कली पुष्टि भएको छ ।’करिब दुई महिनाअगाडि बेलचौतारामा जाँच गर्दा बिलबुक, कागजपत्र नलिई हिँडेका मोटरसाइकलचालक विराट राई स्मार्ट कार्ड छाडेर भोलि आउँछु भनी फरार भएका थिए । पछि उनको स्मार्ट कार्ड जाँच गर्दा नक्कली भेटिएको क्षत्रीले बताए ।

Related posts

Leave a Comment