बारका पूर्व अध्यक्ष शम्भू थापा उदयश्री बहुमुखी क्याम्पसको अध्यक्षमा

अभि लामीछाने , उदयपुर
उदयश्री बहुमुखी क्याम्पस कटारी उदयपुरको अध्यक्षमा पुन शम्भु थापा सर्वसम्मतले चयन हुनुभएको छ । शुक्रबार सम्पन्न क्याम्पसको साधारण सभाले थापाकै समितिलाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।

साधारण सभा तथा उदयश्री विशेषांक विमोचन कार्यक्रममा नयाँ कार्यकालका लागि शुभकामना दिनुहुँदै प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य सुरेश कुमार राईले क्याम्पसका लागि आफ्नो तर्फबाट निभाउनु पर्ने सबै भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी क्याम्पसको स्थान र नामकै भरमा काठमाडौंको क्याम्पसबाट उत्तीर्ण गर्ने विद्यार्थी र उदयश्रीबाट उत्तीर्ण गर्ने विद्यार्थीलाई भेदभावले हेर्ने वातावरण अन्त्य गर्दै सबै क्याम्पसबाट उत्तीर्ण हुने विद्यार्थी एकै हुन् भन्ने मान्यता कायम भए विद्यार्थीको सहभागिता बढ्ने बताउनुभयो ।

सर्वसम्मत चयन भएका कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्रमानसिंह राउत र सदस्यहरुमा भिमकुमारी राउत , रामकुमार राई, डाकबहादुर थापा, कृष्ण थापा, राममणी पौडेल, महेन्द्रमान सुनुवार, रतन पोखरेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुलोचना दाहाल, कुलबहादुर शाही, हृदय तामाँग, केपी बराल, नवराज पोखरेल, टेकबहादुर सुन्दास र विश्वनाथ दास रहेका छन् ।

नयाँ कार्यकालका लागि राजिनामा दिने सदस्यहरुको स्थानमा नयाँ समितिको निर्णयले सदस्य थप गरिने भएको छ । अध्यक्ष थापा वरिष्ठ अधिवक्ता हुनुहुन्छ । कार्यकालको जिम्मेवारी वहन गर्दै थापाले सांसदहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । संसारलाई माथि पुराउने शिक्षाले नै भएकाले जनप्रतिनिधिहरुलाई समेत शिक्षामा लगानि गर्न आग्रह गर्नुभयो । क्याम्पसले निकट भविष्यमा वृहत सम्मान कार्यक्रम गर्ने बताउँदै संगित सिकाउने व्यवस्थाका लागि पनि पहल भईरहेको बताउनुभयो ।

साधारण सभामा प्रदेश सभा सदस्य कला घले , नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भिमकुमारी राउतले समेत शुभकामना दिएका थिए । शुभकामना दिनुहुँदै नगर प्रम्ख श्रेष्ठले यस वर्ष १० लाख र आगामी वर्ष २० लाख क्याम्पसलाई सहयोग गर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा २ सय २ पेजको उदयश्री विशेषांक समेत विमोचन गरिएको थियो ।

विशेषांकमा क्याम्पसका अभिलेखहरु तथा विभिन्न लेखकहरुका लेखहरु प्रकाशन गरिएको छ । साधारण सभामा क्याम्पस प्रमुख मुकेश थापाले आर्थिक प्रतिवेदन तथा क्याम्पसको अवस्थाका विषयमा प्रष्ट पार्नुभएको थियो ।

Related posts

Leave a Comment