बर्दगोरिया सेति लोकमार्ग फुटबलको उपाधि हाईबे बालबाटिकालाई

चौथो बर्दगोरिया सेती लोकमार्ग खुल्ला फुटबल प्रतियोगिताको उपाधि हाईबे बालबाटिकाले जितेको छ । कैलालीको बौनियामा मंगलवार सम्पन्न फाइनल खेलमा घोडाघोडी क्लब सुखडलाई ६ का बिरुद्ध ५ गोलले पराजित गर्दै हाइबे बाटिकाले उपाधि हात पारेको हो । दुबै टिमबाट गोल हुन नसक्दा खेल पेनाल्टी शुट आउटमा लगिएको थियो ।

घोडाघोडी क्लब सुखडले पहिलो हाफमा पाएको पेनाल्टी शुटको सदुपयोग गर्न  नसक्दा पराजित ब्यहोरेको हो । हाईबे बालबाटिकाले उपाधिसँगै नगद २ लाख, मेडल ट्रफी र प्रमाणपत्र समेत प्राप्त गरेको छ । दोस्रो भएको घोडाघोडीले १ लाख नगदमा चित्त बुझाएको छ ।

यस अघि आयोजक र पत्रकारबीच भएको मैत्री पुर्ण खेलमा पत्रकारको टोलीले शुन्यकाविरुद्द ५ गोल गर्दै जित हात पारेको हो । कार्तिक ८ गते बाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

Related posts

Leave a Comment