वसन्तपुरका अनसनकारी भन्छन् केपी ओलीको सरकार हामी ढाल्छौ

अनसनरत डा. गोविन्द केसीको समर्थनमा आइतबार काठमाडौंको वसन्तपुर डबलीमा करिव सयजना ‘सामुहिक अनसन’ मा बसे । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे शंख बजाएर सुरू भएको सामुहिक अनसन साँझ ५ बजेसम्म चल्यो ।

सात घण्टे अनसनमा वकिल, र व्यापारीदेखि जग्गा कारोबारीसम्म सहभागी थिए । ४० को दशकमा नेपाली कांग्रेसले आयोजना गरेको ‘सत्याग्रह’ कै ढाँचामा आयोजना गरिएको नागरिक समाजको सत्याग्रहमा युवा, विद्यार्थीहरु पनि उल्लेख्य सहभागी थिए ।

एक दिनका लागि सत्याग्रहमा बसेका उनीहरुले तत्काल चिकित्सा शिक्षा विधेयक सदनमा पेस गर्नुपर्ने माग गरेका छन् । डा. केसीको ज्यान जाने स्थिति आउन दिन नहुनेमा उनीहरुको जोड छ ।

अनसनमा बसेकाहरुले प्रधानमन्त्री केपी ओली जनताका नोकर हुन् भन्दै उनले या त गोविन्द केसीको माग पूरा गर्नुपर्ने, या राजीनामा दिनुपर्ने मागसमेत गरे ।

अन्यथा, नागरिक आन्दोलनबाटै जननिर्वाचित सरकार ढल्ने अनसनकारीहरुले चेतावनीसमेत दिए ।

Related posts

Leave a Comment