सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लुः विपत् क्षेत्र घोषणा, तीन ठाउँमा सिविर

अनिल पोखरेल, सप्तरी ।

स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपत् क्षेत्र घोषणा गरिएको छ । साथै नगरपालिकाका तीन स्थानमा स्वास्थ्य सिविर सञ्चालन गरिएको छ ।

कञ्चनरुप नगरपालिका क्षेत्रमा पछिल्लो तीन हप्तादेखी फैलिएको भाइरल ज्वरो कारण तीन बालकसहित चारजनाको मृत्यु भएको छ भने २ हजार भन्दा बढी बिरामी छन । भारतको झारखण्डस्थितको प्रसिद्ध तिर्थयात्रा बाबाधामगएकाहरु फर्केर आउदा स्वाइन फ्लू र हङकङ फ्लु सरेर आएको डाक्टरहरुको भनाई रहेको छ ।

‘स्वास्थ्य सम्बन्धी जानकारी घरघर पु¥याउने सहज माध्यम विद्यालय र विद्यार्थी पनि भएकाले हामीले शिक्षक समेत परिचालन गर्ने निर्णय गरेका छौं ।’ नगरपालिकाका प्रवक्ता तथा ८ का वडा अध्यक्ष राजकुमार साहल भने, शुक्रवार नगर क्षेत्रका विद्यालयमा भाइरसको संक्रमण तथा त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिँदै विद्यालयको पठनपाठन बन्द गर्ने सहम भएको छ ।
स्वाइन फ्लु र हङकङ फ्लुको भाइरस बढ्न नदिन र बिरामीको स्वास्थ्य उपचार गर्न नगरपालिकाका १२ वटै वडामा ‘घरघर पुगी’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार गराउन स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ । पर्याप्त औषधि सहित ३ सदस्यीय टोली हरेक वडामा परिचालित भएको संयोजक गुप्ताले बताए ।

यसैबीच स्वाइन फ्लुको भाइरस देखिएका कञ्चनरुप न.पा. ७ का हरिलाल साहलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनलाई धरानमा आइसोलेटेड गरी उपचार गरिने स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए ।

कञ्चनरुप नगरपालिकामा ज्वरो आउने, खोकी लागेर सुरुमा तीन बालबालिका,एक वृद्ध महिला तथा महदेवा गाउँपालिकामा बालकको समेत सोही लक्षणले मृत्यु भएको थियो ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामी मध्ये १० जनाको ¥याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो ।

परिक्षणका क्रममा केही नमुनामा स्वाइन फ्लूको जिवााणु फेला परेपछि कञ्चनरुप नगरपालिका क्षेत्रका उच्च सर्तकता अपनाउँदै विपत् क्षेत्र घोषणा गरिएको हो ।

नगर कार्यपालिकाले आगामी मंगलबारसम्मका लागि नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ ।

विद्यालयमा एकै स्थानमा बढी विद्यार्थीहरु जम्मा हुने भएको र त्यहाँ रोग सर्न सक्ने सम्भावना रहेकाले मंगलबार सम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगर प्रवक्ता साहले बताए । औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

सीमा नाकाबाट नेपाल प्रवेश गर्ने शंकास्पद बिरामीहरुका बारेमा उच्च सर्तकता अपनाउने, कुनौली सीमामा हेल्थ डेस्क स्थापना गर्ने, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरी विशेषज्ञ, औषधी र मास्कको व्यवस्थापन गर्ने निर्णय समेत विपत् व्यवस्थापन समितिले गरेको छ ।

ग्रामिण क्षेत्रमा रहेको निजी स्वास्थ्य क्लिनकहरु र औषधि पसलहरुमा रोगका लक्षण देखिएका बिरामी आए तत्काल सुविधा समपन्न स्वास्थ्य संस्थामा रेफर गर्न समेत जिल्ला विपत् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

यता कञ्चनरुप नगरमा स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सिमना जोडिएको सप्तकोशी नगरपालिका पनि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तर त्यस्तो कुनै प्रकारको संकास्पद लक्ष्ण भने नदेखीएको सप्तकोशी स्वास्थय शाखा प्रमुख जिवछ साहले बताए ।

यस्तै सप्तकोसी नदीको बाढीबाट पीडित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा फैलिएको इन्फलुएन्जा नियन्त्रणमा रहेको उक्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामदेव यादवले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको १२ नम्बर वडाका १ सय ३७ जना बिरामी छन् । त्यहाँका ६ जनाको -याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको पाँचजनामा इन्फलुएन्जाको जिवाणु फेला परेको थियो ।

Related posts

Leave a Comment