दिगो बिकासको लागि काम गर्ने सांसद राईको प्रतिबद्धता

अभीमन्यु लामिछाने, उदयपुर ।
सुशासन सहितको राज्यव्यवस्था जनताले अनुभुती गर्नु नै बिकास भएको उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वा्चित प्रतिनिधि सभा सदस्य शुरेस कुमार राईले बताएका छन् । कटारी–३ मा ग्रामिण सडकको उद्घाटन गर्दै सांसद राईले दिगो विकासका लागि बामगठबन्धनको सरकारले योजना बनाएर काम गर्ने बताएका हुन् ।
त्यसैगरी प्रदेश सभा सदस्य कला घलेले यस क्षेत्रको विकासका लागि निर्वाचनका बेला गरेको प्रतिवद्धता पुरा गर्ने बताइन् । नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले ग्रामिण सडकका लागि ढलनाला निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सडक निर्माणमा सहयोग पुर्याएकोेमा स्थानीय समाजसेवी खड्गबहादुर कार्की , रत्नबहादुर सुनुवार , सम्मर बहादुर कार्की र , खड्गबहादुर कटुवाललाई सम्मान गरिएको थियो । निर्माण समितका अध्यक्ष सुवास खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष रामबहादुर पोखरेलले वडामा यस्ता सडकहरुको निर्माण कार्य भईरहेको जानकारी गराएका थिए । ग्रामीण सडकको लागी स्थानिय समाजसेवी खडग कार्कीले सडकका लागि आफ्नो जग्गा समेत प्रदान गरेका थिए ।

Related posts

Leave a Comment