पुनमको फिल्ममा पुष्पको जोडी साम्राज्ञी पक्का

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन्। निर्माण युनिट र साम्राज्ञीबीच एक साता अगाडि मात्र लिखित सम्झौता भएको हो।

फिल्ममा साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागेको निर्माता गौतमले बताइन् । फिल्ममा यसअघि नै पुष्प खड्का र रेबिका गुरुङ फाइनल छन्। केही समय अगाडि फिल्ममा नायिका दीपिका प्रसाईंको अभिनय रहने समचार पनि बाहिरिएको थियो। तर, अहिले दीपिकाको रिप्लेसमा नायिका साम्राज्ञी फिल्ममा इन भएकी हुन्। माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने फिल्मको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन ।

बाँकी कलाकार र नामऔपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ।  साम्राज्ञी अहिलेकी मस्ट डिमान्डेड नायिकामा पर्छिन्। उनले अभिनय गरेकी फिल्महरुले बक्सअफिसमा राम्रो व्यापार गरिरहेका छन्। ‘इन्टु मिन्टु लण्डनमा’पश्चात् उनले यस फिल्ममा काम गर्न लागेकी हुन्। गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् ।

फिल्मको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन्।

Related posts

Leave a Comment