सामाजिक अभियन्ता डा. दाहालको अमेरिकामा निधन

शिक्षाविद् तथा सामाजिक अभियन्ता डा. भोलाप्रसाद दाहालको सोमबार अमेरिकाको क्याफिोर्निया राज्यमा निधन भएको परिवारले जानकारी दिएको छ । परिवारिक स्रोतले दिएको जानकारीअनुसार दाहाल सर्च फर कमन ग्राउन्ड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बैठकमा भाग लिन अमेरिका गएका थिए ।होटेलको कोठामा दाहाल मृत भेटिएका जानकारी परिवारलाई दिइएको छ । दाहालको मृत्युको कारण भने थाहा भएको छैन ।दाहाल हाल सर्च फर कमन ग्राउन्डका नेपाल निर्देशक थिए । अक्टोबर १३ का दिन उनले सान्त मोनिका, क्यालिफोर्नियाँबाट फेसबुकमा तस्बिर पोस्ट गरेका थिए ।रामेछापमा जन्मेका दाहालकी आमा, पत्नी, तीन छोरा, बुहारी र नातिनी छन् ।

Related posts

Leave a Comment