रुकुम पुर्वमा खाद्य संकट,चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता चिन्तित

रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकामा खाद्य संकट देखिएको छ । चाड पर्व नजिकिँदै गर्दा जिल्लाको सो गाँउपालिकामा खाद्य संकट देखिएको हो । गत भदौ महिनामा चलेको अत्यधिक हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि खाद्य संकट देखिएको हो ।

रुकुम पूर्वका जिल्ला समन्वय समितीका प्रमुख गजेन्द्रबहादुर ओली कैलाशका अनुसार पुथाउत्तरगंगा गाँउपालिकाको मैकोट,हुकाम लगाएतका गाँउमा सबै भन्दा बढी खाद्य अभाव रहेको छ । ति गाँउमा हावाहुरीले पुरै मकै नष्ट गरेको छ । हिमाली क्षेत्र भएकोले सो ठाँउमा धान उत्पादन नहुने र मकैबाली मुख्य बाली भएकोले त्यही पनि हावाहुरीले नष्ट भएपछि खाद्य अभाव भएको प्रमुख ओलीले बताउनुभयो ।

Related posts

Leave a Comment