पर्वतमा करणीको आरोपमा एक जना पक्राउ

राजु रिजाल, पर्वत

जैमिनी नगरपालिकामा पैयुथन्थाप – ९ मा जर्बजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जैमिनी–४ की एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा जैमिनी–९ पैयूथन्थापका २८ वर्षिय अर्जुन नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको कुश्मीशेरा प्रहरी चौकिले जनाएको छ ।

एसईई पुरक परिक्षाको तयारीका लागि कुश्मीशेरामा ट्युसन पढेर घर फर्किने क्रममा नेपालीले जैमिनी–४ मौलाहछको जंगलमा जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ। एक्लै घर फर्किंदै गरेकी बालिकालाई जंगलमा भेटेर बुधबार बिहान करिब ११ बजे नेपालीले जर्बजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक बयानका क्रममा बताएका उनले बताएका छन् ।

करणी गर्ने क्रममा चिच्चाईरहेकी बालिकाको स्वर सुनेर घटनास्थल नजिकै पुगेका स्थानियलाई देखेपछि नेपाली भागेको स्थानियवासीले बताएका छन् । घटनाको विषयमा जानकारी पाए लगत्तै खोजी कार्यमा लागेका जैमिनी नगरपालिका वडा नं ४ को वडाध्यक्ष चक्र थापा मगरको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

नेपालीमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक दामोदर भट्टराईले बताएका छन । पिडित बालिका लाई स्वास्थ्य जाँच र उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा लगिएको छ ।

Related posts

Leave a Comment