रेल्वेको जग्गाहरु अनाधिकृत रुपमा किनबेच हुँदै

नेपाल रेल्वेको बाराको विभिन्न स्थानमा रहेको सरकारी जग्गाहरु अनाधिकृत रुपमा किनबेच हुन थालेको छ ।अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो ।रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाईएको छ ।अतिक्रमित रेल्वेको कतिपय जग्गा जिल्लास्थित नापी र मालपोतजस्ता सरकारी अड्डाबाट जग्गा दलाले कागजात मिलाई नम्बरी बनाएर विक्री भईरहेको पाईएको छ भने धेरैजसो जग्गा एैलानी विक्री भएको पाईन्छ ।

Related posts

Leave a Comment