‘प्रसाद’ को ट्रेलर सार्वजनिक

फिल्म ‘प्रसाद’को ट्रेलर रिलिज भएको छ।

सन्तान सुख नपाएको एक दम्पतीको जीवनको आरोह, अवरोहलाई समेटिएको बताइएको फिल्मको शुक्रबार राति ट्रेलर सार्वजनिक गरिएको हो  । विपिन कार्की र नम्रता श्रेष्ठको वैवाहिक जीवनमा निश्चल बस्नेत भिलेन बनेका छन्। फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

मंसिर २१ देखि देशव्यापी प्रदर्शनीमा आउन लागेको ‘प्रसाद’ को ट्रेलरमा अन्तरजातीय प्रेम विवाह गरी सहर आएका एक जोडीले सन्तान नपाउँदा उत्पन्न हुने असहज परिस्थितिलाई इंगित गर्न खोजेको छ । पत्रकार सुशील पौडेलको लेखन रहेको ‘प्रसाद’ का यसअघि सार्वजनिक दुई गीत ‘लै लै….’ र ‘वनकी चरी….’ ले चर्चा बटुलिसकेका छन् । विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेको फिल्ममा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन्। फिल्मलाई राजेश श्रेष्ठले खिचेका छन्।

ट्रेलर यहाँ हेर्नुहोस् :

 

Related posts

Leave a Comment